पिएन क्याम्पसको जमिन जोगाउँन विद्यार्थीले गाडे त्रिविको झण्डा

पाेखरा | पुस २०, २०७९

पिएन क्याम्पसको जमिन जोगाउँन विद्यार्थीले गाडे त्रिविको झण्डा

पोखराः   पोखरा महानगरपालिका १ स्थित पृथ्वीनारायण क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनहरुले  क्याम्पसको जमिन जोगाउँन त्रिभुवन विश्वविद्यालयको झण्डा गाडेका छन् । 


सडक विभाग, पुल महाशाखा, ललितपुरले क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि विद्यार्थी संगठनहरुले सयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयको झण्डा गाडेका हुन् । 


क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै, ‘उच्च अदालतले मालपोत कार्यालयलाई उत्प्रेषण जारी गरेको पृथ्वीनारायण क्याम्पसको भोगचलनमा रहिआएको कित्ता नम्बर ८३३ क्षेत्रफल २२२ रोपनी जग्गा  (दर्ता हुने क्रममा रहेको) र क्याम्पसको त्रिपक्षीय छलफल बिना नै पोखरा १ र पोखरा ११ जोड्ने पुल निर्माण प्रक्रिया सुरु हुनु संस्कापद रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।’


क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनअनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले सयुक्त विज्ञप्ती जारी पुल निर्माणको कार्य रोक्न माग  गरेका हुन् । 


क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि प्राध्यापक संघहरुले सामुहिक विरोध जनाएका छन् । संघका अध्यक्षहरुले क्याम्पसको जग्गा खण्डिकृत गरी निजी प्रयोजन र केही व्यक्तिको स्वार्थमा लाभ हुने टिप्पणी गरेका छन् । 

 

विभागको पत्रबारे जानकारी दिन  प्राध्यापक संघहरुले भोलि पत्रकार सम्मेलन गर्दै छन् । 

पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      समाजको उपाध्यक्षमा महेशराज ढकाल,...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्